सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा

Everest Fuji News २०७९ मंसिर २५ मा प्रकाशित       Published at 2022 Dec 11


काठमाडौं । सीवाइसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । लघुवित्तले सेयर कारोबार फुकुवा गर्न मंसिर १९ गते पत्र पठाएसँगै नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले साधारण सेयर कारोबार फुकुवा गरेको हो ।

कारोबार फकुवा भएसँगै आइतबार (मंसिर २५) देखि लघुवित्तको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, संस्थापक सेयर कारोबार भने रोक्का नै रहने छ ।

नेप्सेले गत महिना नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम  कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो । उक्त निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको सेयर बढीमा १५ दिन मात्रै कारोबार रोक्का हुने व्यवस्था छ ।

सीवाइसी हाल आँधिखोला लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.