मर्जरमा जान बाणिज्य बैँकहरुलाई राष्ट्र बैँकको दबाब

Everest Fuji News २०७६ असार १३ मा प्रकाशित       Published at 2019 Jun 28


नेपाल राष्ट्र बैँकले वाणिज्य बैँकहरुको संख्या घटाउन दबाब नै सुरु गरेको छ।

केन्द्रीय बैँकले मौद्रिक नीति आउनुअघि नै हरेक बैँकले पार्टनर खोजेर जानकारी दिन निर्देशन दिएको खबर आजको कारोबार दैनिकमा भुवन पौडेलले लेखेका छन्।

बिहीबार नेपाल राष्ट्र बैँकका गभर्नरले वाणिज्य बैँकका उच्च अधिकारीहरुसँग छलफल गर्दै मौद्रिक नीति आउनु अघि नै उपर्युक्त पार्टनर निश्चित गर्न भनेका हुन्।

हाल तीन सरकारी लगानीसहित २८ वाणिज्य बैँक छन्। तिनलाई केन्द्रीय बैँकले १० देखि १४ मा झार्न खोजेको देखिन्छ।

तर, बैँकरहरु भने केन्द्रीय बैँकले भनेअनुसार नै बैँकहरुको संख्या घट्ने सम्भावना भने कम रहेको बताउँछन्।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.