सन् २०३० सम्म अर्थतन्त्रमा अमेरिका तेस्रो बन्छ

Everest Fuji News २०७५ पुष २७ मा प्रकाशित       Published at 2019 Jan 11


लन्डन (बेलायत) । सन् २०३० सम्ममा अमेरिका विश्वको तेस्रो आर्थिक शक्ति बन्ने एक अनुमानले देखाएको छ । बेलायती वित्तीय सेवा कम्पनी स्ट्यान्डर्ड चार्टर्डले गरेको अनुमानअनुसार अर्थतन्त्रको आधारमा चीन र भारतपछि अमेरिका तेस्रो स्थानमा पुग्नेछ ।

स्ट्यान्डर्ड चार्टर्डले सन् २०३० मा विश्वका प्रमुख १० अर्थतन्त्र हुने मुलुकको सूची सार्वजनिक गरेको छ । सो सूचीको पहिलो स्थानमा चीन छ भने दोस्रो स्थानमा भारत छ । अहिले उदाउँदा बजारले प्रमुख १० अर्थतन्त्रमध्ये ७ मा स्थान बनाउने स्ट्यान्डर्ड चार्टर्डको अनुमान छ ।

मुलुकहरूको जनसंख्या र कुल गार्हस्थ्य उत्पादनको अवस्थाअनुसार यस्तो आकलन गरिएको स्ट्यान्डर्ड चार्टर्डका अर्थविद्ले बताएका छन् । सन् २०३० का १० ठूला अर्थतन्त्रको सूचीमा अटाउने ब्राजिल एक्लो दक्षिण अमेरिकी मुलुक हो । ब्राजिल सूचीको छैटौं स्थानमा रहने अनुमान छ । त्यसैगरी, मध्यपूर्वबाट यो सूचीमा अटाउने इजिप्ट एक्लो मुलुक हो । अहिले विश्वका प्रमुख १० ठूला अर्थतन्त्रको सूचीमा रहेका बेलायत, इटाली, फ्रान्स र क्यानडा भने सो अवधिसम्ममा सूचीबाट बाहिरिनेछन् । एजेन्सी



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.