नेपालमा पुल मर्मत तथा निर्माण गर्न विश्व बैंकले १५ अर्ब ऋण दिने

Everest Fuji News २०७५ आश्विन ११ मा प्रकाशित       Published at 2018 Sep 27


नेपालको प्रमुख दातृ निकाय विश्व बैंकले नेपालका रणनीतिक सडकमा पर्ने पुल निर्माण तथा मर्मतका लागि १३३ मिलियन अमेरिकी डलर(१५ अर्ब नेपाली रुपैयाँ) ऋण दिने भएको छ। नेपालको यातायात मेरुदण्डको रुपमा रहेको १३ हजार १४२ किलोमिटर सडकलाई जोड्ने १ हजार ७७३ पुलको दिगो निर्माण तथा सुधारको लागि यो ऋण प्रयोग हुने बैंकले जानकारी दिएको छ।

दोस्रो चरणको पुल सुधार तथा मर्मत कार्यक्रम अन्तर्गत दिइने यो ऋण सहयोगबाट नेपालका सबै क्षेत्रको आर्थिक गतिविधि बढ्ने बैंकको विश्वा रहेको छ।

यो ऋणबाट करिब ४७७ पुलको सुधार गर्न उपयोग गरिने छ। जसमा ९० पुलमा सडक सुरक्षाको स्तरोन्नती गरिने छ। त्यस्तै १८० पुलमा दुर्घटना न्यूनीकरणका लागि सुधार गरिने छ। त्यस्तै ८० दुई लेनका नयाँ पुल, ३५ चार लेनका पुल निर्माण हुने छन्। ‘नेपाललाई भविष्यमा उपयुक्त संचालन र मर्मत सम्भावर गर्ने संरचनासहितको बलियो पुल नेटवर्क चाहिएको छ, दोस्रो चरणको यो आयोजनाको उद्देश्य पनि बलियो निर्माण र उपयुक्त संचालन संरचना बनाउनु हो’ विश्व बैंकका नेपालका लागि कन्ट्रि म्यानेजर फरिस हदाद जेर्भोसले भने।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.