काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्सले बिहीवारदेखि थप चार शाखा सञ्चालन गरेको छ । कम्पनीले उपत्यकाभित्र ललितपुर, कलङ्की र बानेश्वर तथा उपत्यकाबाहिर बनेपामा शाखा सञ्चालन गरी कारोबार शुरू गरेको हो ।

प्रभु समूह, प्रभु बैङ्क,साङ्ग्रिला विकास बैङ्कलगायत प्रतिष्ठित व्यावसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामीण तहसम्म पु¥याउने लक्ष्यअनुरूप शाखा सञ्चालन गरेको बताएको छ ।
कम्पनीको ललितपुर शाखाको प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले इन्स्योरेन्स कम्पनीका सञ्चालक नरेशबहादुर मल्लले कलङ्की शाखाको, कम्पनीका संस्थापक शेयरधनी अम्बिका शर्माले बानेश्वर शाखाको तथा साङ्ग्रिला विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बनेपा शाखाको उद्घाटन गरेका हुन् ।