Everest Fuji News२०७४ माघ ८ मा प्रकाशितPublished at 2018 Jan 22
माघ ८, काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य बैङ्कमध्ये ग्लोबल आईएमई बैङ्कले पहिलोपटक बेलायतमा पनि सम्पर्क कार्यालय सञ्चालन गरेको छ । बैङ्कले आइतवारदेखि बेलायतकोे एल्डरसर्टमा सम्पर्क तथा प्रतिनिधि कार्यालय सञ्चालन गरेको हो ।
उक्त सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालमा सञ्चालित वाणिज्य बैङ्कमध्ये ग्लोबल आईएमई बैङ्कले पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय खोल्न सफल भएकोमा बधाई दिए । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बैङ्कले देशभित्र मात्र नभएर देशबाहिर समेत प्रदान गरिरहेका सेवा सुविधाबारे प्रशंसा गरे ।
यसैगरी, ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कको बेलायतमा खोलिएको सम्पर्क कार्यालयले नेपालको आर्थिक विकासमा थप मद्दत गर्ने बताए । बैङ्कले देशभित्र सातओटै प्र्रदेशमा आफ्नो सेवा सञ्चालन गरिसेकेको र देशबाहिर पनि अन्य धेरै मुलुकमा आफ्नो सम्र्पक÷प्रतिनिधि कार्यालय सञ्चालन गरेर ग्राहकलाई सेवा दिइरहेको उनको भनाइ छ । अब विदेशमा पनि शाखा कार्यालय सञ्चालन गर्ने उनको भनाइ थियो । नेपालमा लागानीको प्रशस्त सम्भावना रहेको भन्दै ढकालले बेलायतस्थित व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले यो कार्यालय खुलेपछि नेपाल तथा बेलायतमा व्यवसायीबीच व्यापारिक एवम् लगानीसम्बन्धी प्रवद्र्धनात्मक कार्यमा समेत सघाउने बताए । ग्लोबल आईएमई बैङ्कले यसअघि अष्टे«लियाको सिड्नी तथा भारतको नयाँ दिल्लीमा सम्पर्क तथा प्रतिनिधि कार्यालय खोलिसकेको छ ।