एनआरएनले महासंघसँग मिलेर लगानी सम्बन्धी गोष्ठी गर्ने

Everest Fuji News २०७४ मंसिर ११ मा प्रकाशित       Published at 2017 Nov 27


गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले गैरआवासीय नेपालीहरूको क्षमता र प्रतिभालाई नेपालको सर्वाङ्गीण विकासमा उपयोग गर्नु अहिलेको आफ्नो प्रमुख उद्धेश्य रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासँगको भेटघाटमा एनआरएनएका अध्यक्ष भट्टले सो कुरा बताएका हुन्। विदेशमा रहेका नेपालीहरूको हितलाई संरक्षण गर्नुका साथै मुलुकको सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याउने अठोटका साथ ‘सबैको साथ एकै हात’ भन्ने नारा बोकेर आफ्नो टीम अगाडि बढेको भट्टले बताए। नेपाल उद्योग वाणिज्य महासंघमा भएको भेटघाटमा भट्टले लामो समयसम्म महासंघले एनआरएनलाई माया गरेको बताउँदै अब चाँडै नै एनआरएन आफ्नै भवनमा जाने सुनाए । एनआरएनको सचिवालय नागपोखरीमा सर्न लागेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई औपचारिका जानकारी गराउँदै भट्टले महासंघका अध्यक्ष राणालाई हार्दिक धन्यवादको पत्रसहित ‘टोकन अफ एप्रिसियसन’ प्रदान गरेका थिए। अध्यक्ष भट्टले आर्थिक समृद्धिका लागि दुवै संस्था मिलेर लगानीको क्षेत्रमा सहकार्य गर्ने बताउँदै लागानीका क्षेत्र पहिचान गर्न निकट भविष्यमा नै एक लगानी सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गर्ने जानकारी दिए । सन् २००३ देखि महासंघको भवनमा एनआरएनएको सचिवालय रहँदै अएको थियो। सन् २०१३ अक्टोबरमा नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट संघ विधिवत रुपमा दर्ता भएपछि बालुवाटारमा आफ्नो भवन निर्माण कार्य अगाडि बढ्न सकेको अध्यक्ष भट्टले जानकारी गराए। नेपाल उद्योग वाणिज्य महासंघको निस्वार्थ सहयोग र संरक्षकत्वले संघको विगत १४ वर्षको लामो यात्रालाई अविस्मरणीय योगदान पुर्याएको अध्यक्ष भट्टले बताए। महासंघका अध्यक्ष भवानी राणाले गैरआवासीय नेपाली संघसँग सहकार्य गर्न पाएकोमा संघप्रति आभार प्रकट गर्दे भविष्यमा यस सहकार्यलाई अझ दिगो पार्दै लैजाने बताइन्। कार्यक्रममा नेपाली उद्योग वाणिज्य महासंघ र एनआरएनए अध्यक्ष लगायत महासंघका उपाध्यक्षद्वय उमेश लाल प्रधान र चन्द्र प्रसाद ढकाल, गैरआवासीय नेपाली संघका सचिव डि.बी क्षेत्री, महिला संयोजक रजनी प्रधान, यूरोपका उपक्षेत्रीय संयोजक गोविन्द प्रसाद गौंतम, यूकेका आइसीसी सदस्य शान्ति कुवँर थापा, शिशिर भट्ट, महासंघका महासचिव सुरेशमान श्रेष्ठको सहभागिता रहेको कुरा एनआरएनका प्रवक्ता भुषण घिमिरेले बताए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.