दक्षिण कोरियामा ग्लोबल मनि एक्सप्रेसले स्वीकृति पायो, नेपालमा पैसा पठाउन सहज हुने

Everest Fuji News २०७४ कार्तिक १९ मा प्रकाशित       Published at 2017 Nov 05


काठमाडौं।दक्षिण कोरियाका रहेका नेपालीलार्इ रेमिटेन्स पठाउन सहज बनाउन ग्लोबल मनि एक्सप्रेस संचालनमा आएको छ।   दक्षिण कोरियामा निजी रेमिटेन्स कम्पनीले स्वीकृति पाउनेमा ग्लोबल पहिलो कम्पनी हो।यो कम्पनीको उद्घाटन दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुनजंग बहादुरसिंहले उद्घाटन गरे।ग्लोबल मनि एक्सप्रेसबाट पठाएको पैसा नेपालमा ग्लोबल आइएमर्इ बैंक र सात हजार एजेन्टमार्फत भूक्तानी पाइने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।कोरियामा रहेका नेपालीले कम्पनीको शाखा वा अनलाइनबाट पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ। कार्यक्रममा राजदूत सिंहले कोरियामा नेपालीले कमाएको पैसा औपचारिक माध्यमबाट पठाउन सहयोग पुग्ने बताउँदै यसले अनौपचारिक माध्यमलार्इ निरुत्साहित गर्ने बताए।कार्यक्रममा ग्लोबल आइएमर्इ बैंकका अध्यक्ष चन्द्र ढकालले ग्लोबलले कोरिया सरकारबाट स्वीकृति पाएर कारोबार थालेपछि अनौपचारिक रुपमा रेमिटेन्स पठाउने कार्य निरुत्साहित हुने बताए।कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा बामदेव सिग्देल,नेपाल कोरिया चेम्बर अफ कमर्शका अध्यक्ष किरणप्रकाश साख र ग्लोबल आइएमर्इ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा लगायतको उपस्थिती थियो।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.