प्राकृतिकलाई विस्थापित गर्दै कृत्रिम फूल

Everest Fuji News २०७४ आश्विन २९ मा प्रकाशित       Published at 2017 Oct 15


पाँचथर (अस) । पाँचथरमा कृत्रिम फूलको प्रयोग बढ्दै गएको छ । योसँग विस्तारै प्राकृतिक फूललाई कृत्रिमले विस्थापितसमेत गर्दै लगेको छ । विशेषगरी तिहारको अवसरमा घर प्लाष्टिक (कृत्रिम) फूलको प्रयोग बढेसँगै यो सम्भावना देखएको हो । यस्ता प्लाष्टिकका फूल भारतबाट आयात हुने व्यवसायी बताउँछन् । जिल्लाका प्रायः सबै स्थानमा सयपत्री, मखमली, गोदावरीलगायत फूल उत्पादन हुने गरेको भए पनि सर्वसाधारको आकर्षण नक्कली फूलतर्फ बढ्दै गएको पाइन्छ । यो सिजनमा सदरमुकामबाट ५ लाख रुपैयाँ न्दा बढीको प्लाष्टिकका फूल बिक्ने व्यवसायीको अनुमान छ । स्थानीय शम्भु कस्मेटिकका सञ्चालक शम्भु शाहका अनुसार आजभोलि यस्ता सामग्रीको व्यापार बढ्दो क्रममा छ । उनको पसलबाट मात्रै यो सिजनमा २ लाख ५० हजार रुपैयाँ बराबरको यस्ता फूल विक्री हुने उनले बताए । भारतको सिलिगुडीबाट यस्ता फूल भित्रिने गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.