बुद्ध एयरको दुई दशकको यात्रा : एयरबसबाट अन्तरराष्ट्रिय उडान गर्ने तयारी

Everest Fuji News २०७४ आश्विन २६ मा प्रकाशित       Published at 2017 Oct 12


बुद्ध एयरले आफ्नो २० वर्षे यात्रा पूरा गरेको छ । बुद्ध एयरले आफ्नो पहिलो उडान अमेरिकामा निर्मित नयाँ जहाज बिच १९००‘डी’ बाट पर्वतीय शृङ्खलाको यात्राबाट शुरू गरेको थियो । एउटा विमानबाट सेवा शुरू गरेको बुद्ध एयरसँग हाल दुईओटा बिचक्राफ्ट, सातओटा एटीआर एयरक्राफ्ट छन् । आगामी २०१८ जनवरीको दोस्रो साता र जुन महीनाभित्र गरी थप दुईओटा एटीआर विमान ल्याउने योजना रहेको एयरका मार्केटिङ तथा सेल्स निर्देशक रुपेश जोशीले बताए । मुलुकका सुगम विमानस्थलमा उडान गर्ने बुद्ध एयरले ६३ प्रतिशत बजार हिस्सा ओगटेको बताएको छ । दक्षिण एशियाकै उत्कृष्ट ≈याङ्गर सञ्चालन गरेको कम्पनीले आफ्ना जनशक्तिलाई तालीमका लागि विदेशसमेत पठाउने गरेको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माणसँगै अन्तराष्ट्रिय उडान गर्न बुद्ध एयरले हवाईजहाज उत्पादन गर्ने यूरोपेली संस्था एयरबससँग पनि सल्लाह र तयारी गरिरहेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पोखरा विमानस्थल समयमै बन्ने आश गर्दै सन् २०२१ को अगस्त १ देखि तीनओटा एयरबसबाट अन्तरराष्ट्रिय उडान गर्ने तथा आगामी १० वर्षमा ३२० सिरिजका २० विमानबाट सेवा सञ्चालन गर्ने योजना रहेको बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बताए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.