अर्घाखाँची समाज जापानले नेपाली नयाँ वर्ष २०७५ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा गायक चेतन घर्ती मगरको नयाँ एल्बम “तालमा पनी छ ” को विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
टोकियोको शिनोकोबु स्थित सोलमारीको नेपाली मूरा हलमा अर्घाखाँची समाज जापानका अध्यक्ष नेत्र बिस्टको अध्यक्षता र बाबूराम पौडेलको संचालनमा सम्पन्न कार्यक्रमकी प्रमुख अतिथि नेपालबाट जापान घुम्न आऊनु भएको ७५ बर्षिय बुवा दिल बहादुर जीसी र बिशिस्ठ अतिथी एभरेस्ट इण्टरनेसनल स्कूलका अध्यक्ष डा. भुपालमान श्रेस्ठ हुनूहुन्थ्येा ।
कार्यक्रममा एन आर एन ए जापानका महासचिव बुद्धिराज घिमिरे पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले पत्रकार महासंघका पूर्व अध्यक्ष तिलक मल्ल , जनप्रगतिशील मंचको पूर्व अध्यक्ष बेलूकाजी थापा , जनसम्पर्क समितिका महामन्त्रि रामजंग कार्कि ,राप्ति समाजका अध्यक्ष बिशेषोर रेग्मी ,लोक तथा दोहोरि गीत प्रतिस्ठान जापानका अध्यक्ष यूबराज आचार्य लगायतले
मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा तालमा पानी गीतको लेखक इश्श्वोर पौडेल र गायक चेतन घर्ती मगर लाई सम्मान गरीएको थियो ।
- समाजका उपाध्यक्ष दीपक थापाले सम्पूर्ण उपस्थितलाई स्वागत गर्नु भएको थियो भने गायक समूंद्रराज पौडेल र बाल गायक प्रेम प्रकाश टण्डनले सांगितिक प्रस्तुति र थिय । उक्त कार्यक्रममा अर्घाखाँची समाज जापानका कोषाध्यक्ष गणेश रायामाझी लामो समय देखी बिरामी परेर उपचारार्थ अस्पताल भएकोले शीघ्र स्वास्थ लाभको कामना गरीएको थियो ।
https://m.youtube.com/watch?feature=youtu.be&v=rRqiMB2Plp4