काठमाडौं /
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री बर्षमान पुनले बलियो भनिएको सरकारले ल्याएको बजेट फितलो भएको बताउनु भएको छ ।
संसद भवन नयाँ बानेश्वमार हिजो सञ्चारकर्मीसंग कुरा गर्नेक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले आकारका हिसावले गत बर्षको तुलनामा ठूलो आएको र बढि छरिएर आएको समेत बताउनुभएको छ । उहाँले अर्थतन्त्र रुपान्तरणका लागि ठोस कुरा आउन नसकेको र अर्थतन्त्रका केन्द्रका चर्चालाई समेत नसमेटिएको बताउनुभएको छ । उहाँले गतबर्षका महत्वपूर्ण कार्यक्रमलाई समेत अहिले समेट्न नसकेको र नियमित बजेटको रुपमा मात्रै आएको जिकिर गर्नुभएको छ ।
उहाँले विधुतीय गाडीको करलाई यसअघिकै रुपमा निरन्तरता दिनु राम्रो कुरा भएको बताउनुभएको छ ।।