काठमाडौं /
इजरायली सेनाद्वारा गाजापट्टीको विभिन्न स्थानमा गरिएको आक्रमणमा परी ४४ जनाको मृत्यु भएको छ भने कयैन घाईते भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघैरले इजरायली आक्रमणमा ४४ जनाको मृत्यु भएका मध्ये २३ जना अल–बुरेजस्थित एक घरमा भएको आक्रमणमा मारिएको बताउनु भएको एएफपीले उल्लेख गरेको छ । दक्षिणी गाजा पट्टीको मोराग क्षेत्रमा रहेको अमेरिकी सहायता केन्द्र नजिकै इजरायली सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको समेत बताइएको छ । इजरायली सेनाले अल–बुरेज र सहायता केन्द्र नजिकै भएको मृत्युको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । भने इजरायली सेनाले गाजा पट्टीमा दर्जनौँ आतंकबादी लक्ष्यमा आक्रमण गरेको स्वीकारेको छ ।।