Everest Fuji News२०७३ पुष १६ मा प्रकाशितPublished at 2016 Dec 31
शनिवार , पौष -१६ ,२०७३
तदनुसार, डिसेम्वर ३१ अर्थात (२०१६ साल को अन्तिम दिन )
आमाले भन्थिन छोरी ..,
जहाँ जसरी भए पनि १२ वर्षे मेला नछुटाउनु ..!
देउराली , भञ्ज्याङ चढेर आउनु
कालीगण्डकी तर्नु , बुढी गण्डकी किनारै भएर आउनु
तर ल्ह फेव को दर्शन नछुटाउनु ..!!
तिप्ल्याङको भिर पार गर्नु
थकाई लागे ..
रुप्सेछाराको छहारीमा आनन्द लिनु
१२ वर्षें मेला ( ल्ह फेव ) नछुटाउननु
ओडारै ओडार छन , अनगिन्ती गल्छी छन .
अत्यास पक्कै पनि लाग्छन ,
तर तिमी एकै छिनमा उकाली पुग्छ्यौ..
निलगिरी र धौलागिरी हाँसेको देख्नेछौ
जब तिमी ओराली पुग्छौ
नदी किनारले सुस्केरा हाल्छन ,
दोहोरी खेल्छन , तिमी हराउन पुग्छौ
तर ल्ह नरिझ्योवलाई नबिर्सनु ..!!!
आशिवार्द अनगिन्ती छन उहाका
मार्चे को चौरी को खुन खानु ,
तर मान्छेको हृदयको आसुँ नखानु
तर ल्ह काङ्ला शिर्पी कर्पो को
आशिर्वाद पनि लिन नभुल्नु ..!!!!
ल्ह छिरिङ्ग ग्याल्मो पनि उत्तिकै दयालु छन भन्छन
यो मौका पनि पक्कै नगुमाउनु
ठाडामा चिप्लिनु , हिउ सँग जुध्नु तर
ल्ह हेवारीन्जिन र ल्ह ल्हाङवा नोर्बुको
दर्शन पक्कै गर्नु ..!!!!!
सात समुद्र पार गरनु
विश्व युद्द लाई छिचोलेर आउनु , तर ल्ह फेवको दर्शनलाई
भने नछुटाउनु ..!!
मात्र तिमीले दर्शन दिनु
किन कि वर्षै पिच्छे होइन मात्र १२ वर्षमा
आउछ , हृदयगमन गर्नु ..!
(प्रस्तुती)
प्रेमिला 'विवश'
हाल: जापान