कवि अनु शाहको "अनुराग" लोकार्पित

Everest Fuji News २०८० कार्तिक १७ मा प्रकाशित       Published at 2023 Nov 03




काठमाडौं ।

चौध बर्षदेखि निरन्तर प्रकाशित रहेको मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रा.लि.को आयोजनामा आज पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अमेरिकाको बोस्टनलाई कर्मथलो बनाएकी अनु शाहको कवितासङ्ग्रह “अनुराग”को लोकार्पण सम्पन्न भएको छ । 

पूर्व प्रधानमन्तरी केपी ओली तथा मञ्चासिन अतिथिहरु माननीयहरु कोमल ओली, शान्ता चौधरी, मीना श्रेष्ठ, नायक कृष्ण मल्ल, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलगायतले संयुक्त रुपमा सो कृतिको लोकार्पण गरेका थिए । 

कृतिको विमोचनपश्चात् सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि ओलीले आफूले विमोचित कृतिका केही कविता पढेको र सुन्दर लागेको बताए । 

कार्यक्रममा प्रकाशक सूर्य चन्द, पत्रकार ऋषि धमला, कलाकार कृष्ण मल्ल, पत्रकार पुरुषोत्तम दाहाल, साहित्यकार प्रकाश सायमि, लोकार्पित कृतिकी लेखिका अनु शाहलगायतले आआफ्नो मन्तव्य राखेका थिए । 

 कृतिकार अनु शाहको अध्यक्षतामा सम्पन्न  शाहले नै कविता वाचन गर्दै धन्यवाद ज्ञापन गरिन् । 

कार्यक्रमको सुरुमा मिलाप पत्रिकाका प्रधान सम्पादक कृष्ण भूषालले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।




कार्यक्रमको सञ्चाल‍न सरोज कोइरालाले गरेका थिए भने  अनेसासका पूर्व अध्यक्ष वसन्त श्रेष्ठ, साहित्यकारहरु खेमनाथ दाहाल, सुमन बैरागी पण्डित, अनेसास वोस्टन च्याप्टर अध्यक्ष महेश्वर पन्त, गीतकार अमर वान्तु, कलाकार तथा कृषि अभियन्ता शेखर खनाल, नेपाल सेल्फ डिफेन्सका अध्यक्ष डा.डीबी रानापाल, अनुरागका सम्पादक रमेश दाहाल, पत्रकार गीता अधिकारी, निर्देशक माधवराज खरेल, गीतकार सुमन बैरागी, व्यवसायी प्रकाश श्रेष्ठ, सौन्दर्यविद् रश्मिला श्रेष्ठ, समाजसेवी राजेश विसुराल, समाजसेवी दुर्गा विसुराल, समाजसेवी नरेश पाण्डे, समाजसेवी निकिता पाण्डे, गायक लक्ष्मण श्री, ट्याटु आर्टिष्ट सुमिना श्रेष्ठ, युवा व्यवसायी बालकृष्ण खड्का, व्यवसायी रेशमबहादुर थापा, सौन्दर्यकर्मी रेनु रानामगर, सौन्दर्यकर्मी रचना शाक्य, सौन्दर्यकर्मी देवी महर्जन, फेसन डिजाइनर काजल शर्मा, कीर्तिमानी सगरमाथा आरोही पुरुषोत्तम नेपाली, भिडियो निर्देशक प्रहिल कार्की, मानवअधिकारकर्मी राजु बन्जाडे लगायत सम्मानित भएका थिए ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.