काठमाडौं/
सभामुख देवराज घिमिरेले संघीय निजामती विधेयकको कुलिङ पिरियड सम्बन्धी अहिले चलिरहेको बहस बारे त्रुटि भएमा राष्ट्रिय सभाबाट सच्याइने बताउनु भएको छ ।
सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा मंगलबार पत्रकारसँगको कुराकानीमा उहाँले सो कुरा बताउनु भएको हो । उहाले समितिबाट जे प्रस्ताव आयो, त्यही प्रतिनिधि सभाबाट पारित भएको बताउदै के गल्ती भएको हो र त्यो नियतवश हो कि प्रक्रिया गत त्रुटि भनेर पत्ता लगाउनु पर्ने भएकाले थप अध्ययन गरि सञ्चाउने समेत बताउनु भएको छ । उहाँले विधेयक राष्ट्रिय सभामा पुगेको र संशोधनपछि पुनः प्रतिनिधि सभामा फर्किने उहाँको बताउनु भएको छ । संघीय निजामती सेवा विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको मितिले दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्थामा थपघट गरी जालझेल भएको भन्दै अहिले सार्वजनिक रूपमा बहस भइरहेको छ । यसैक्रममा सभामुख घिमिरेसँग भेट गरि सांसदहरुले निजामती विधेयक पारित गर्दा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा हेरफेर भएको विषयमा समेत ध्यानाकर्षण गराएका थिए । सभामुख घिमिरेले यस विषयमा छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने समेत बताउनु भएको थियो ।।