१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय

Everest Fuji News २०८२ जेठ २३ मा प्रकाशित       Published at 2025 Jun 05


बीबीसी/


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गर्नुभएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएको छ । 

अमेरिकाले अफगानिस्तान, म्यानमार, चाड, कंगो, गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिकाको यात्रामा पूर्ण प्रतिबन्ध लगाएको बीबीसीले उल्लेख गरेको छ । यसबाहेक बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकलाई पनि यात्रामा आंशिक प्रतिबन्ध लगाइएको ह्वाइट हाउसले जनाएको छ । ट्रम्पले आफ्नो देश र नागरिकलाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउन प्रतिबन्ध लगाएको बताउनु भएको बीबीसीले जनाएको छ । यो घोषणा आउँदो सोमवार जुन ९ तारिखदेखि लागू हुने समेत उल्ल्ेख गरिएको छ । ट्रम्पले केही देशहरूबाट यात्रा प्रतिबन्ध लगाउने आदेश दिएको यो दोस्रो पटक हो । यसअघि सन् २०१७ मा आफ्नो पहिलो कार्यकालमा उहाँले केही देशलाई यात्रा प्रतिबन्ध गर्ने यस्तै आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.