काठमाडौं/
स्विट्जरल्यान्डमा हिमनदी फुटेर आएको बाढीका कारण तटीय क्षेत्रमा पर्ने ब्लाटन गाउँको ९० प्रतिशत भाग पुरिएको अन्र्तराष्ट्रिय सञ्चार माध्यामले जनाएको छ ।
स्वीस पर्वतीय हिमनदी पग्लिएर आएको ढुङ्गा, माटो तथा ग्रेग्रानयुक्त पहिरोले उपत्यकाका रूपमा रहेको गाउँमा घरलगायतका संरचनाहरू पुरेको बीबीसीले जनाएको छ । स्वीस सरकारले १५ लाख क्युबिक मिटर बराबरको हिमनदीको ठूलो भाग पग्लिने तथा फुट्ने जोखिम रहेको भन्दै एक हप्ताअघि नै ब्लाटनका तीन सय जना बासिन्दालाई सुरक्षित ठाउँमा पठाएको र एक जना हराइरहेका स्थानीय प्रशासनले जनाएको बीबीसीले उल्लेख गरेको छ । स्विट्जरल्यान्डका वातावरणमन्त्री अल्बर्ट रोस्तीले घरबासमा क्षति पुगेका नागरिकलाई पुर्नस्थापना गर्ने प्रतिबद्धता समेत गर्नुभएको छ ।।