नेकपा केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ ।
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बसेको बैठकले सो निर्णय गेको सचिव लिलामणि पोरखेलले जानकारी दिनुभएको छ । उहाँले भिजिट भिसा प्रकरणको छानबिनलाई सहज बनाउन गृहमन्त्री लेखकले राजीनामा दिनु पर्ने निष्कर्ष निकालेको र राजीनामा नदिएसम्म अवरोध जारी रहने बताउनु भएको छ । माओवादी केन्द्र लगायत प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरूद्ध गर्दै आएका छन् । जेठ १५ गते भने बजेट ल्याउन सहजताको लागि प्रतिपक्षी दलहरूले संसद अवरुद्ध भने गरेनन् । सो बैठकमा पार्टीले सञ्चालन गरिरहेको मध्यपहाडी जागरण अभियान जारी राख्ने र वाइसीएलको महाधिवेशन बारे पनि छलफल भएको पोखरेलले बताउनु भएको छ । बैठकमा गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकतापछि नेता कार्यकर्ता समायोजन बारे छलफल भएको बताइएको छ ।।