अग्निप्रसाद सापकोटा विरुद्धको ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतको आदेश

Everest Fuji News २०८२ जेठ २३ मा प्रकाशित       Published at 2025 Jun 05


काठमाडौं/


सर्वोच्च अदालतले माओवादी उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन आदेश दिएको छ । 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको इजलासले सापकोटा विरुद्धको ज्यान मुद्धालाई अगाडि बढाउन उत्प्रेषणको आदेश दिएको हो । इजलाशले तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराइ नेतृत्वको सरकारले सापकोटालगायत विरुद्ध मुद्दा नचलाउने गरी गरेको निर्णय तथा किटानी उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णय समेत खारेज गरिदिएको अदालतले जनाएको छ । २०६२ सालमा काभ्रेका अर्जुन लामालाई माओवादीले हत्या गरेको घटनामा अग्नि सापकोटा लगायतको संलग्नता रहेको किटानी उजुरी लामाकी पत्नी पूर्णिमाया लामाले दिएकी थिइन् । हत्यामा अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम र नोर्बु लामा संलग्न रहेको किटानी उजुरी परेको थियो । प्रहरीले उक्त उजुरीलाई अघि बढाउनुको सट्टा तामेलीमा राखेको थियो भने बाबुराम भट्टराइको सरकारले मुद्दा नचलाउने निर्णय गरेको थियो । उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्च अदालतले रिट दायर भएको १४ वर्षपछि फैसला गरेको हो । सर्वोच्चको आदेशसंगै काभ्रे प्रहरीले अब अग्नि सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान अघि बढाउनु पर्नेछ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.