नेकपा माओवादी केन्द्रले सदनको गतिरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने

Everest Fuji News २०८२ जेठ २३ मा प्रकाशित       Published at 2025 Jun 05


काठमाडौं/


नेकपा माओवादी केन्द्रले सदनको गतिरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमलल दाहाल प्रचण्ड निवास खुमलटारमा आज बसेको माओवादी पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकले भिजिट भिसा प्रकरणलाई दिएर लामो समयदेखि भइरहेको सदनको गतिरोध अन्त्यका लागि जिम्मेवारी प्रतिपक्षीको हैसियतले अधिकतम पहल गर्ने निर्णय गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताउनु भएको छ । उहाँले भिजिट भिसा प्रकरणमा व्यक्ति बिषेशमा ध्यान नरहेको तर छानविन भने अपरिहार्य रहेको पार्टीको निष्कर्ष रहेको बताउनुभयो । यस बिषयमा बिपक्षी दलका साथै सत्तापक्ष दलसंग छलफल गर्ने समेत बताउनु भएको छ । त्यस्तै बैठकले वाईसीएलको नेतृत्व सहमतिमा नै चयन गर्ने निर्णय गरेको उहाँले बताउनुभएको छ । 

उहाँले आफु बिरुद्धको द्वन्द्वकालीन मुद्दामा पुनः छानबिन गर्न सर्वोच्चले दिएको आदेशको पूर्णपाठ आएपछि धारणा बनाउने उल्लेख गर्नुभयो । यस बिषयमा बाहिर भएका प्रचारमा कुनै सत्यता नरहेको समेत बताउनुभएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.