काठमाडौं/
राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा छानविनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको छ ।
सो पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दलको बैठकले सो निर्णय गरेको जनाएको छ । उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि गृहमन्त्रीले मार्गप्रसस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको कार्यवहाक प्रवक्ता मनिष झाले बताउनु भएको छ । उहाँले गृहमन्त्रीमाथि प्रश्न उठेकाले गृहमन्त्रीले नभई सरकारको अभिभावकको रुपमा रहेका प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिनुपर्ने समेत बैठकको निष्कर्ष रहेको प्रवक्ता झाले बताउनु भएको छ । उहाँले भिजिट भिसा प्रकरणमा रास्वपा कुनै एक व्यक्तिको पछि लागेको नभई समग्र बेतिथिलाई अन्त्य गर्नुपर्छ भन्ने पक्षमा आफुहरु रहेको समेत बताउनुभएको छ ।
त्यसअघि हिजो नै बसेको रास्वपा सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा सदनमा शसक्त रुपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको बताइएको छ ।।