काठमाडौं/
सदनको गतिरोध अन्त्य गर्ने सत्तारुढ दलको प्रस्तावलाई प्रतिपक्षी दल माओवादी केन्द्रले अस्वीकार गरेको छ ।
हिजो साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा बसेको प्रमुख दलका शीर्ष नेताहरुबीच भएको छलफलमा माओबादी केन्द्रले सत्तापक्षको प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ । प्रधानमन्त्री लगाएत सत्तापक्षीय नेताहरुले गतिरोध अन्त्य गर्दै सहज रुपमा सदन चल्ने वातावरण बनाउन माओवादी नेताहरुसमक्ष आग्रह गरिएको थिए । सो क्रममा माओवादी नेताहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा आउनु पर्ने आफुहरुको अडान कायम रहेको जवाफ दिएको बताइएको छ । छलफलपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद् खोलेर अघि बढ्नुपर्ने प्रस्ताव सत्तापक्ष नेताहरुबाट आएको बताउनुभएको छ । उहाँले समग्र संसदको गतिरोधका बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन नसकेको बताउनुभएको छ । उहाँले भिजिट भिसा प्रकरणमा गडबड भइरहेकाले अनुसन्धान गर्नका गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्नेमा आफुहरुको अडान कायम भएको बताउनु भएको छ । उहाँले प्रतिगामीको गतिविधिका बारेमा पनि छलफल भएको उल्लेख गर्नुभएको छ ।