सरकार र यातायात व्यवसायीबीचको वार्तामा सहमति, सार्वजनिक गाडी सञ्चालन भने गरेका छैनन्

Everest Fuji News २०८२ जेठ २१ मा प्रकाशित       Published at 2025 Jun 03


काठमाडौं/


सरकार र यातायात व्यवसायीबीचको वार्तामा सहमति भएपनि यातायात व्यवसायीहरुले भने सार्वजनिक गाडी सञ्चालन गरेका छैनन् । 

हिजो सरकार र व्यवसायीबीच ६ बुँदे मस्यौदा तयार गर्दै बार्तामा सहभती भएपनि उनीहरुले पुर्वघोषीत आन्दोलनका कार्यक्रम भने नलिएको र सो बारे आज बस्ने बैठकबाट निर्णय गर्ने भन्दै सार्वजनिक गाडी सञ्चालन ठप्प बनाएका छन् । गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए । सरकारी वार्ता टोलीका सदस्य एवं गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले गण्डकी प्रदेशले ल्याएको निर्देशिकाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी प्रदेश कार्यालयमा अनुरोध गर्नेगरी सहमति भएको बताउनु भएको थियो । छलफलमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोलीका सदस्य सरोज सिटौलाले गण्डकी प्रदेशले नियमावलीमा भएको उक्त बुँदा हटाएपछि मात्रै आन्दोलन स्थगित गर्नेगरी सहमति भएको जनाउँदै त्यो नहुँदासम्म आन्दोलन यथावत् रहने बताउनु भएको छ । गण्डकी प्रदेश सरकारले ल्याएको निर्देशिकाका सम्बन्धमा हिजो राति अबेरसम्म भएको छलफलमा कुनै निष्कर्ष निस्कन नसकेपछि आज पुनः बैठक बस्ने जनाइएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.