स्थानीय तहका निर्वाचित वडाध्यक्षले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनको काममा लाग्न प्रधानमन्त्रीको आग्रह

Everest Fuji News २०८२ जेठ १२ मा प्रकाशित       Published at 2025 May 25


काठमाडौँ/

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनको काममा लाग्न आग्रह गर्नुभएको छ ।

नेकपा एमाले बागमती प्रदेश स्तरीय जननिर्वाचित वडाध्यक्षको प्रशिक्षण कार्यक्रमको आइतबार उद्घाटन गर्नेक्रममा उहाँले सो आग्रह गर्नुभएको हो । एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख अरु पार्टी र पक्षसँग पनि राम्रो सम्बन्ध कायम गरी काम गर्नु पर्नेमा जोड दिनुभएको छ । आफूहरुले कम्युनिस्ट भनेर पार्टी एकता गरेपछि लगभग दुई तिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको समेत उहाँको टिप्पणी रहेको छ । उहाँले देशलाई बनाउन नदिने देशी विदेशीको एमालेमाथिको आक्रमण देशकै विरुद्धको आक्रमण समेत भएको दाबी गर्नुभएको छ । उहाँले राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्व सल्बलाउँदा गणतन्त्रबादीहरुको मनोबल गिर्न नहुने समेत बताउनु भएको छ । उहाँले लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरुले फैलाउने भ्रम चिर्न समेत आग्रह गर्नुभएको छ । 

प्रतिगामीले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन समेत निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले २०६४ सालमा आफ्ना लडाकू क्याम्पमा राखेर र मार्चपास गराएर जनतालाई तर्साएर आतंकको राज गरेकाले त्यसबेला आफूहरु पराजित भए पनि माओवादीले २०६४ सालको जस्तो परिणाम ल्याउने सपना देख्नुमा कुनै दम नभएको समेत बताउनु भएको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.