काठमाडौं/
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलनलाई जारी राखेको छ ।आफुहरुसंग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
उनीहरुले सरकारसंगको वार्ता र आन्दोलनलाई निरन्तर रुपमा अघि बढाएका छन् ।उनीहरुले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै मंगलबार नयाँ बानेश्वरस्थीत निषेधीत क्षेत्र नजिक प्रदर्शन गरेका थिए ।शिक्षकहरुले निषेधीत क्षेत्र तोड्ने प्रयत्न गरेपनि प्रहरीले रोकेको थियो । महासंघले तत्काल सरकारले आफुहरुको मागमा सहमति नजनाए बुधबार सामूहिक गिरफ्तारी दिने जनाएको छ ।