काठमाडौँ/
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्ने गरि ल्याउन सरकारलाई सुझाब दिनुभएको छ ।
नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौँमा आयोजना गरेको अन्तकृया कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उहाँले सो आग्रह गर्नुभएको हो । उहाँले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रका सवाललाई सम्बोधन गर्दै आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने गरि तयार गरेर ल्याउने तर्फ सरकारले विशेष ध्यान दिनु पर्ने समेत बताउनु भएको छ । उहाँले आर्थिक वर्ष २०८२÷०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गरेर बजेट ल्याएको खण्डमा देशमा आर्थिक क्षेत्र थप चलायमान भएर आर्थिक बृद्धि हुने विश्वास समेत व्यक्त गर्नुभएको छ । उहाँले निजी क्षेत्रले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको समेत बताउनु भएको छ । उहाँले निजी क्षेत्रका समस्या समाधान गर्न कांग्रेस सधैँ तत्पर रहेको उल्लेख गर्दै निजी क्षेत्र र सरकारबीच सुदृढ कार्य हुन सक्यो भने अर्थतन्त्र थप बलियो हुँदै जाने समेत बताउनु भएको छ । उहाँले पछिल्लो समय डिजिटल अर्थतन्त्रले विश्व बजारमा ठूलो हिस्सा ओगटेकाले सरकार र निजि क्षेत्रले विशेष ध्यान दिन आवश्यक रहेको समेत बताउनु भएको छ ।