अमेरिका र इरानबिच पहिलो चरणको आणविक वार्ता ओमानमा

Everest Fuji News २०८२ बैशाख १६ मा प्रकाशित       Published at 2025 Apr 29


अन्र्तराष्ट्रिय सञ्चार माध्याम/


अमेरिका र इरानबिच पहिलो चरणको आणविक वार्ता ओमानमा सम्पन्न भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यामले जनाएको छ ।

अरब मुलुक ओमानको मस्कटमा भएको वार्तालाई दुवै देशले रचनात्मक भएको बताएका छन् । तेहरानको आणविक कार्यक्रमलाई लिएर दुई देशबिच सन् २०१८ पछि पहिलो पटक उच्चस्तरीय बैठक भएको हो । सो बार्तामा भएको निर्णय भने सार्वजनिक नगरिएको बीबीसीले उल्लेख गरेको छ । दोस्रो चरणको छलफल अर्को हप्ता हुने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१८ मा इरान र विश्व शक्तिहरूबीचको अघिल्लो आणविक सम्झौताबाट अमेरिकालाई बाहिर निकालेपछि अन्यौलता बढेको थियो । यसपटक ट्रम्प आफैंले वार्ताको प्रस्ताव गरेको बीबीसीले उल्लेख गरेको छ । साँढे दुई घण्टा चलेको पहिलो बैठक तुलनात्मक रुपमा छोटो भएपनि यसले दोस्रो चरणको वार्ताको पृष्ठभूमि तयार पारेको जनाइएको छ । वार्ता टोलीको नेतृत्व अमेरिकाको लागि ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दुत स्टिभ विट्कफ र इरानका विदेशमन्त्री अब्बास अराघ्चीले गरेको बताइएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.