स्रोत नखुलेको ४२ लाख ९० हजार ४ सय ४४ रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

Everest Fuji News २०८२ बैशाख १६ मा प्रकाशित       Published at 2025 Apr 29


कपिलवस्तु/


कपिलवस्तु प्रहरीले स्रोत नखुलेको ४२ लाख ९० हजार ४ सय ४४ रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कपिलबस्तुको वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले हिजो २२ वर्षीय शिवा पटवा भन्ने अनिश कुमारलाई रकम सहित पक्राउ गरेको जनाएको छ । उनको साथबाट स्रोत नखुलेको भारतीय र नेपाली रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले जानकारी दिनुभएको छ । भारतको बलरमवापुर जिल्ला तुलसीपुरका कुमार शिवराज नगरपालिका–५, ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा भाडामा बस्दै आएको खुलेको समेत प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्तको साथबाट रकमसहित पैसा गन्ने मेसिन, मोबाइल फेला पारेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले बताउनुभएको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.