बजेट खर्च नहुने भन्दै विभिन्न निकायले ५ अर्ब रुपैयाँभन्दा धेरै बजेट फिर्ता

Everest Fuji News २०८२ बैशाख १५ मा प्रकाशित       Published at 2025 Apr 28


काठमाडौं /


चालू आर्थिक वर्ष २०८१÷८२ का लागि छुट्याइएको बजेट खर्च नहुने भन्दै विभिन्न निकायले ५ अर्ब रुपैयाँभन्दा धेरै बजेट फिर्ता गरेका छन् । 

अर्थ मन्त्रालयले विभिन्न निकायले खर्च गर्न नसकेको बजेटमा चालूभन्दा पुँजीगत शीर्षकको बजेट तानेको जनाएको छ । चालूतर्फ ५ करोड ३४ लाख र पुँजीगततर्फ ५ अर्ब ३ करोड ८१ लाख रुपैयाँ बजेट फिर्ता भएको अर्थ मन्त्रालयका सूचना अधिकारी अम्बिकाप्रसाद खनालले जानकारी दिनुभएको छ । उहाँले पुँजीगततर्फ सबैभन्दा धेरै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २ अर्ब ३५ करोड ३४ लाख रुपैयाँ फिर्ता गरेको छ । यस्तै मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल विकास समितिले २ अर्ब रुपैयाँ बजेट फिर्ता गरेको खनालले जानकारी दिनुभएको छ । गएको वर्ष ७० प्रतिशत बजेट फिर्ता गरेको एमसीए–नेपालले यस वर्ष ५८ प्रतिशत बजेट फिर्ता गरेको छ । भने उता अमेरिकी सरकारको अनुदान सहयोगमा सञ्चालित यो परियोजनामा अमेरिकी सहयोग निरन्तर हुन्छ वा हुँदैन भन्ने अन्योल छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.