लगानी बोर्डको रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत

Everest Fuji News २०८२ बैशाख १५ मा प्रकाशित       Published at 2025 Apr 28



लगानी बोर्डले आफ्नो रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले लगानी बोर्डको कार्यालयको रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिनुभयो । त्यस्तै बैठकमा बोर्डका सिइओ सुशिल ज्ञवालीले ६० र्औ बोर्ड बैठकले गरेका निर्णयको कार्यान्वयनका बिषयहरुका बारेमा जानकारी गराउनुभएको प्रवक्ता उपाध्यायले बताउनुभयो ।

बैठकका लागि तय भएका १९ वटा एजेण्डामध्ये आइतबार २ वटा एजेण्डामाथि मात्रै छलफल भएको र अन्य एजेण्डाका बिषयमा अर्को साता बस्ने बैठकमा छलफल हुने उहाले जानकारी दिनुभयो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.