खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई बीच भेटवार्ता

Everest Fuji News २०८१ चैत्र २४ मा प्रकाशित       Published at 2025 Apr 07


काठमाडौं/


खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई बीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा प्रमुख राईले धरानको खानेपानी सुधारका लागि बजेट विनियोजन गर्न माग गर्नुभएको छ । उहाँले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि धरानको खानेपानी सुधारका लागि बजेट विनियोजनको मागसहितको औपचारिक पत्र समेत बुझाउनुभएको छ । नगर प्रमुख राईले धरान क्षेत्रमा खानेपानी आपूर्ति अझ प्रभावकारी र दिगो बनाउन बजेट आवश्यक रहेको उल्लेख गर्दै मन्त्री यादवको ध्यानाकर्षण समेत गराउनुभएको छ । मागलाई गम्भीरतापूर्वक लिएको जानकारी दिँदै मन्त्री यादवले आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिनुभएको छ भने मेयर साम्पाङ यसअघि पनि धरानमा खानेपानी माग गर्दै रित्तो गाग्रोसहित सिंहदरबार आउनुभएको थियो ।।  



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.