विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरुले काठमाडौंमा प्रदर्शन

Everest Fuji News २०८१ चैत्र २४ मा प्रकाशित       Published at 2025 Apr 07


काठमाडौं/


विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरुले शैक्षिक हडताल गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । 

शिक्षकहरुले आज काठमाडौंको बबरमहल–माइतिघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् । काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । महासंघले यसअघि आफुहरुसंग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ । आन्दोलनका लागि देशभरका शिक्षकहरु काठमाडौमा केन्द्रीत भएका छन् । उनीहरुले शिक्षा क्षेत्रको सुधारका लािग विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । 

आफुहरुको मागका बिषयमा प्रधानमन्त्रीले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । महासंघले घोषणा गरेको शैक्षिक हडताललाई बिभिन्न शिक्षक संघले समेत समर्थन गरेको छ । शैक्षिक हडतालका कारण शैक्षिक गतिविधि प्रभावित भएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.