काठमाडौँ /
नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि हिजो भएको चुनावको मतगणना भोलिदेखि हुने भएको छ ।
बारको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले सबै मतदान केन्द्रका मतपेटिका आज बेलुकासम्म काठमाडौँ आईपुग्ने र भोलीदेखि मत गणना सुरु गरिने बताउनु भएको छ । देशभरका ३६ मतदान केन्द्रबाट मतपेटिका आउने क्रम जारी रहेकाले बेलुकासम्म काठमार्डौ आईपुग्ने समेत उहाँले बताउनु भएको छ । उहाँले बार चुनावमा ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको समेत बताउनु भएको छ । जसअनुसार काठमाडौँ उपत्यकामा ४ हजार ६४३ र उपत्यका बाहिर ३ हजार ३५२ गरी देशभर कूल ७ हजार ९९५ मत खसेको उहाँले बताउनु भएको छ ।।