अहिलेको देशको परिस्थीति अत्यन्तै नाजुक : डा शेखर कोइराला

Everest Fuji News २०८१ चैत्र २३ मा प्रकाशित       Published at 2025 Apr 06


काठमाडौं/


कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेको देशको परिस्थीति अत्यन्तै नाजुक अबस्थामा रहेको बताउनु भएको छ ।

साहित्यिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको सर्जक सुमन कर्मचार्यको कात्रोमा खल्ती अनाख्यानको लोकार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले देशको राजनीति, आर्थिक लगाएतका क्षेत्र अत्यन्तै नाजुक रहेको बताउदै बिचौलियाको बिगबिगी हरेक क्षेत्रमा देखिएको समेत जिकिर गर्नुभएको छ । उहाँले कांग्रेस–एमालेबीच सरकार बन्दा संविधान संशोधन वा सुधार गर्ने भनिए पनि ९ महिना बित्दा समेत त्यसमा ध्यान दिन नसकेको उल्लेख गर्नुभएको छ ।

उहाँले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि बिचौलियाको चलखेलको कुरा आएको भन्दै बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागी दुभाग्र्य हुने समेत बताउनुभएको छ ।उहाँले नेपालको अर्थतन्त्रसंग खेल्ने अधिकार कसैलाई नरहेको समेत बताउनु भएको छ । उहाँले मुलुकको सुशासन कस्तो अवस्थामा छ भन्ने कुरा स्पष्ट रहेको भन्दै वर्तमान गठबन्धनको औचित्य सावित हुन नसकेको तर्क समेत गर्नुभएको छ । 

नेता कोइरालाले राजनीतिक इच्छाशक्ति भए देशलाई समृद्ध र सुशासनयुक्त बनाउन सकिने समेत बताउनु भएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.