आइसिसी अन्डर–१९ विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको तयारीमा रहेको नेपाली अफगानिस्तानको युवा टोलीद्वारा हारेको छ ।
काठमाडौंको मुलपानीमा आइतबार भएको दोस्रो खेलमा नेपालमाथि अफगानिस्तानले १ रनले जीतेको छ । यससँगै तीन खेलको एकदिवसीय युवा सिरिज अफगानिस्तानले अन्तिम खेलअघि नै जितेको हो । अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम तीन बल खेल्न बाँकी छदा १६७ रनमै अलआउट भएको थियो । तीन खेलको अभ्यास सिरिजमा मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले अन्तिम बलमा अलआउट हुँदा १६८ रन जोडेको थियो । नेपालले चैत अन्तिम सातादेखि आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ । प्रतियोगिता चैत ३० देखि सुरू हुँदैछ ।।