पूर्वविशिष्टले पाई आएको सुविधालाई व्यवस्थित गर्न खोजेको हो : गृहमन्त्री

Everest Fuji News २०८१ चैत्र ३ मा प्रकाशित       Published at 2025 Mar 17



गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीहरूले अहिले पनि पाइरहेको सुविधालाई सरकारले कानुन बनाएर व्यवस्थित गर्न खोजेको बताउनु भएको छ । 

आज बसेको प्रतिनिधि सभाको बैठकमा साँसदहरुले उठाएको प्रश्नको जवफा दिनेक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री लगायत पूर्वविशिष्ट पदाधिकारीहरूलाई सुविधा दिँदा राज्यलाई अनावश्यक आर्थिक भार नपरोस् भन्ने विषयमा सरकार सचेत रहेको समेत बताउनु भएको छ । उहाँले मन्त्रिपरिषदको २०८१ पुस ९ गतेको बैठकबाट पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकलाई प्रारम्भीक स्वीकृति प्राप्त भएपछि विधेयक तर्जुकाका लागि काम सुरु भइसकेको समेत बताउनु भएको छ ।

उहाँले कानुनको मस्यौदा तयार गरेर संसद्मा पेस गर्दै गर्दा नागरिक स्वीकार्यता र राज्यको आर्थिक अवस्थाका बीचमा सन्तुलन हुने कुरालाई सरकारले ध्यानमा राख्ने समेत बताउनु भएको छ । सोहीक्रममा उहाँले पाथिभरा केवलकारका बिषयमा देखिएका विवादका बारेमा सरकार गम्भीर रहेको भन्दै आन्दोलनकारीलाई पुनः वार्तामा बोलाइएको जानकारी दिनुभयो ।

आयोजनाको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था समेत मिलाएको बताउनुभएको छ । उहाँले आन्दोलनकारी पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समूदायका समस्या समाधान गर्न सरकार तयार रहेको समेत बताउनु भएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.