काठमाडौं/
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैंठकको आह्बान गर्नुभएको छ । आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले मन्त्रिपरिषदको बैठकको आह्बान गर्नुभएको छ । सो बैठकमा सरकारले नयाँ प्रहरी महानिरीक्षक आईजीपी चयन लगायत अन्य विषयमा छलफल गरिने तयारी समेत गरेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ र नेपाल प्रहरीमा आज राति १२ बजेबाट रिक्त हुने भएकाले सो पदमा ३१ औँ नयाँ आईजी नियुक्त गरिने सम्भाबना समेत रहेको बताइएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले त्यही समयमा आईजी वसन्तबहादुर कुवरसहितका उच्च अधिकृतको बिदाई कार्यक्रम तय गरेको केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले बताउनु भएको छ । उहाँहरू प्रहरी सेवा नियमावली अनुसार ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश हुनु भएको हो । मन्त्रिपरिषद्ले नयाँ आईजी नियुक्त गरे पनि दज्र्यानी चिह्न लगाए पछि मात्रै पदभार सम्हाल्ने प्रचलन रहेको छ । बिदा हुने आईजीले जनपद प्रहरी समूहतर्फका वरिष्ठतम एआईजीलाई आफ्नो कार्यभार बुझाउने प्रचलन रहेको छ । आजबाटै एआइजीहरु टेकप्रसाद राई, बुद्धिबहादुर गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई अबकास हुनुभएको छ ।।