गाजा क्षेत्रमा इजरायलद्वारा विद्युत आपूर्ति बन्द

Everest Fuji News २०८१ फाल्गुन २७ मा प्रकाशित       Published at 2025 Mar 11


बीबीसी/


इजरायलले गाजा क्षेत्रमा बिजुली आपूर्ति बन्द गरेको अन्र्तराष्ट्रिय सञ्चार माध्यामले जनाएको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासलाई ५९ जना बन्धकको रिहाइका लागि दबाव दिन इजरायलले बिजुली आपूर्ति बन्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । ऊर्जामन्त्री एली कोहेनले इजरायल विद्युत् निगमलाई गाजा क्षेत्रमा बिजुली आपूर्ति बन्द गर्न आदेश दिएको बताउनु भएको छ । गएको साता इजरायलले गाजा क्षेत्रमा राहत सामग्री, तेल र अन्य अत्यावश्यकीय वस्तु लिएर जाने गाडीहरू समेत रोकेको थियो । इजरायलले पानीको आपूर्ति बन्द गर्ने तयारी समेत गरेको बताइएको छ । युद्धविरामको पहिलो चरणमा ३३ जना बन्धक रिहा गरेको हमासले दोस्रो चरण शुरू गर्नेबारे वार्ता र छलफल नै नभएको बताउँदै आएको छ । नेपालका विपिन जोशीसहित ५९ जना बन्धकको रिहाइ अझै अनिश्चित हुदै गएको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.