प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबको विजयी सुरुआत

Everest Fuji News २०८१ फाल्गुन २७ मा प्रकाशित       Published at 2025 Mar 11


    ले प्रधानमन्त्री कप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।भैरहवास्थित एक्ट्राटेक ओभलमा सोमबार भएको खेलमा पुलिसले लुम्बिनीलाई ८७ रनले पराजित गरेको हो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ५० ओभरमा ६ विकेट गुमाउँदै २४९ रन बनायो ।

त्यस्तै सोमबार नै भएको अर्को खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्यो । दाङको लमहीस्थित क्रिकेट मैदानमा जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा ८ विकेट गुमाउँदै २२० रन बनायो ।

त्यस्तै अर्को खेलमा बागमती प्रदेशलाई १ सय ३४ रनको फराकिलो अन्तरमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गर्यो । भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा २ सय ६३ रनको लक्ष्य पछाएको बागमती २७ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय २८ रनमा नै समेटियो ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.