नेकपा माओवादी केन्द्रले वर्तमान सरकारका कारण प्रतिगामीहरु सक्रिय भएको निष्कर्ष निकालेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज बसेको माओवादी पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो । सो बैठकमा दुई दलीय सरकारको कुशासनका कारण प्रतिगामीहरु सक्रिय भएको निष्कर्ष निकाल्दै प्रतिगामीहरु सक्रिय भएपनि नेपाली जनतालाई भने धेरै प्रभाव नपरेको समेत प्रवक्ता अग्नि सापकोटाले बताउनुभएको छ । अहिले नेपालमा जनता लोकतन्त्रको पक्षमा रहेकाले लोकतन्त्रको बिकल्प उन्नत लोकतन्त्र मात्रै हुन सक्छ भन्ने पार्टीको निष्कर्ष रहेको समेत उहाले बताउनुभएको छ । संविधान जारी गरेको र मुलुकको संघीयता सहितको परिवर्तन मन नपराउनेहरुले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको प्रवक्ता सापकोटाले भनाई रहेको छ । उहाँले अहिलेको संविधान र व्यवस्था प्रति केहि प्रश्न उठे पनि त्यसको समाधान समेत रहेको बताउनु भएको छ । बैठकले संघीय संसदका साथै सातै प्रदेशका संसदहरुमा माओवादीले शसक्त भूमिका निर्वाह गर्ने र जनताका समस्याहरुलाई उजागर गर्ने निर्णय गरेका प्रवक्ता सापकोटाले बताउनुभएको छ । उहाले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना समेत नरहेको बताउनु भएको छ ।