प्रतिवन्धित लागु औषध चरेस सहित तीन जना पक्राउ

Everest Fuji News २०८१ फाल्गुन २६ मा प्रकाशित       Published at 2025 Mar 10


वीरगञ्ज/


वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रहमचोकबाट प्रतिवन्धित लागु औषध चरेस सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीले बारा जिल्लाको कलैया उप–महानगरपालिका वडा नं. २ भवानीपुर बस्ने वर्ष २३ को लडु राम, पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं.३ बस्ने वर्ष ३५ सरोज साह र वीरगञ्ज महानगरपालिका वडा नं.११ बस्ने वर्ष २३ को रवि चौधरीलाई लागुऔषध चरेस सहित पक्राउ गरेको जनाइएको छ । घर भाडामा लिई लुकाइ राखेको अवस्थामा पहेंलो प्लाष्टिकको झोलामा रहेको १५ पोकामा अर्थात ६ केजी.५ सय ९० ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ । फेला परेको लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सामा ल्याई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिमको कसूरमा पाँच दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास भट्टले बताउनु भएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.