जलवायु न्यायको मुद्दा विश्व सामु पु¥याउनु पर्नेमा जोड : राष्ट्रपति

Everest Fuji News २०८१ फाल्गुन २७ मा प्रकाशित       Published at 2025 Mar 11


काठमाडौं/


राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु न्यायको मुद्दा विश्व सामु पु¥याउनु पर्नेमा जोड दिनु भएको छ ।

काठमाडौंमा आयोजित जलवायुसँग सम्बन्धित सम्मेलनलाई सम्बोधन गर्नेक्रममा उहाँले सो कुरालाई जोड दिनुभएको हो । उहाँले जलवायु परिवर्तनको कारक नभए पनि मार खेप्नु पर्ने नेपाल जस्ता मुलुकहरुका लागि जलवायु न्यायको विषय महत्वपूर्ण रहेको समेत बताउनु भएको छ । उहाँले जलवायु न्यायको मुद्दालाई विश्व जगतमा पु¥याउन जरुरी रहेको समेत बताउनु भएको छ । उहाँले भूकम्प नेपालको विकास निर्माणका लागि समस्याको रुपमा रहेको समेत बताउनु भएको छ । हिमालय पर्वत श्रृंखलामा बेला–बेलामा गईरहने भूकम्प देशको विकास निर्माणका लागि समस्याको रुपमा रहेको समेत उहाँको भनाई रहेको छ । उहाँले विकसित मुलुकहरुमा भएको अनुसन्धान, औद्योगीकरण, इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको समेत बताउनु भएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.