मधेश सरकारमा कांग्रेसको मुख्यमन्त्री बन्ने दाबी

Everest Fuji News २०८१ मंसिर ९ मा प्रकाशित       Published at 2024 Nov 24


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश सरकारमा कांग्रेसको मुख्यमन्त्री बन्ने दाबी गर्नुभएको छ ।

नेपाली कांग्रेस लहान कार्यसमितिको बैठकलाई हिजो सम्बोधन गर्नेक्रममा उहाँले सो दाबी गर्नुभएको हो । महामन्त्री शर्माले मधेश प्रदेश सरकारको विकल्प खोजिएको बताउर्दै कांग्रेस नेतृत्वमा मधेस सरकार बन्ने बताउनु भएको छ । सो सरकारमा एमाले, कांग्रेस र लोसपा मिल्दा सहज हुने समेत उहाँले बताउनु भएको छ । महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्ने गति बढाउनु पर्नेमा जोड दिनुभएको छ । उहाँले बीआरआई मात्रै नभएर अरु पनि विदेशी ऋण थुपारेर विकास योजना ल्याउने पक्षमा कांग्रेस नरहेको समेत बताउनु भएको छ । उहाँले सहकारी रकम अपचलनमा रवि लामिछानेलाई मात्रै लक्षित गरेर सरकारले छानबिन र कारबाही अगाडि नबढाएको भन्दै कांग्रेस, एमाले, माओवादी, राप्रपा सबैका नेताहरुमाथि छानबिन भइरहेको समेत खुलासा गर्नुभएको छ । महामन्त्री शर्माले पार्टी उपसभापति धनराज गुरुङमाथि पनि छानबिन भइरहेको भन्दै दोषी पाइएमा कारबाही हुने बताउनु भएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.