चिकित्सकहरु माथि हुने कुनैपनि प्रकारको दुव्र्यवहार सैह्य नहुने

Everest Fuji News २०८१ मंसिर ९ मा प्रकाशित       Published at 2024 Nov 24


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले चिकित्सकहरु माथि हुने कुनैपनि प्रकारको दुव्र्यवहार सैह्य नहुने बताउनु भएको छ ।

द सोसाईटी अफ सर्जनस नेपाल र साउथ एशियन सर्जिकल केयर सोसाइटीको सहकार्यमा पोखरामा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री पाण्डेले पोखराको मणिपाल अस्पतालमा गत वर्ष मात्रै चिकित्सकहरुमाथि दुव्र्यवहारका घटना भएको दृष्टान्त पेश गर्दै आइन्दा त्यस्तो घटना हुन नदिने आश्वासन समेत दिनुभएको छ । उहाँले चिकित्सकहरुलाई निर्भिकतापूर्वक काम गर्न पनि आग्रह गर्दै चिकित्सकहरुमाथि कुनैपनि समस्या परेमा गण्डकी प्रदेश सरकार साथमा रहने समेत बताउनु भएको छ ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले स्वास्थ्य उपचारमा आम नागरिकको पहुँच पु¥याउनका लागि सक्दो पहल गरिरहेको पनि बताउनु भएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.