राष्ट्रिय गौरवका आयोजनाको अवस्थाका बारे प्रधानमन्त्रीको चासो ......

Everest Fuji News २०८१ मंसिर ९ मा प्रकाशित       Published at 2024 Nov 24


प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाको अवस्थाका बारेमा चासो राख्नु भएको छ ।

राष्ट्रिय गौरवका आयोजनाको पछिल्लो प्रगती र त्यसको बारेमा चासो राखेसंगै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो तीन बजे ब्रिफिङ कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हाल राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक नभएको र धेरैजसो आयोजनाहरु समस्यामा रहेकाले सो बारे के कस्तो हो त्यसको जानकारी प्रधानमन्त्री ओलीले माग गरेपछि सो विफ्रिङ कार्यक्रम राखिएको बताइएको छ । राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्यका हिसाबले सरकारको १५ औं आवधिक योजना ८२ प्रतिशत असफल भएको जनाइएको छ । १५ औं योजना २०७६÷७७ र २०८०÷८१ भित्र १७ राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएकोमा तीन आयोजना मात्र सम्पन्न भएका छन् । यो लक्ष्यको १८ प्रतिशत मात्रै हुन आउछ । यसैलाई ध्यानमा राखेर प्रमुख महत्वका आयोजनाहरुको प्रत्यक्ष अनुगमन गर्न सकिने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘एक्सन रुम’ नाम दिएर आधुनिक प्रविधियुक्त कक्ष समेत बनाइएको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.