विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुरा

Everest Fuji News २०८१ मंसिर ६ मा प्रकाशित       Published at 2024 Nov 21


विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुरा गरि १९ वर्षमा लागेको छ । 

तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । यसैबिच नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने बताउनु भएको छ । विस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा आज एक भिडिओ सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धीको पक्षमा एउटा नयाँ संकल्प आवश्यक रहेको र जरूरी पर्दा संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने बताउनु भएको हो । अध्यक्ष प्रचण्डले संविधान सभाबाट संविधान बनिसकेपछि संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत विकास र समृद्धीको जस्तो अपेक्षा गरेको हो त्योअनुसार नभएको भन्ने असन्तुष्टी जनतामा रहेको पनि बताउनु भएको छ । उहाँले शान्तिका निम्ति काम गर्ने सबै राजनीतिक दल, नागरिक समाज र आम जनताप्रति आभार धन्यवाद व्यक्त गर्दै जनअपेक्षाअनुसार सुशासन, विकास र समृद्धीको पक्षमा लाग्न सबैसँग अपिल समेत गर्नु भएको छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन आफूले नेतृत्व गरेको सरकारकै समयमा सत्यनिरूपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठनको लागि आवश्यक विधेयकको अन्तिम रूप दिइएको प्रचण्डले स्मरण गर्नुभयो ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.