प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
प्रहरीका अनुसार प्रसाईलाई अनुसनधानका लागि थप म्याद आबश्यक परेकाले अदालतमा उपस्थित गराइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध गलत समग्री बनाए दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट प्रहरीले हिजो पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसूरमा म्याद लिएर अनुसन्धान गरिनेछ । त्यसैबिच दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ परेका प्रसाईंलाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमती दिएको छ ।।