स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका सबै बिरामीहरुलाई सरकारले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएकोे बताउनुभएको छ ।
हिजो काठमाडौंमा जलन पीडितहरुसँगको छलफलमा उहाँले सो कुराको जानकारी गराउनु भएको हो । उहाँले जलन पीडितका लागि उपचार सेवाको बिस्तार जिल्ला अस्पतालसम्म गर्ने प्रयासमा सरकारले काम गरि रहेको समेत बताउनु भएको छ । मन्त्री पौडेलले चालु आर्थिक वर्षका लागि मन्त्रालय आफैँले र आगामी आर्थिक वर्षदेखि विनियोजित बजेटमा नै समावेश गर्ने गरी कस्मेटिक बाहेकका जलन विरामीहरुको उपचार निःशुल्क गर्नेगरी सम्बन्धित अस्पताललाई परिपत्र गरि सकेको बताउनु भएको छ ।
हाल सरकारले ८ वटा अस्पतालमा सो व्यवस्था गरेको भएपनि त्यसलाई जिल्ला अस्पतालसम्म पु¥याउने योजना तय गरिएको समेत मन्त्री पौडेलले बताउनुभएको छ । मन्त्री पौडेलले जनशक्तिको अभावमा नेपालमा जलनका बिरामीहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्रसँग पु¥याउने सम्भावना नभएको बताउनु भएको छ ।।