परराष्ट्रमन्त्री आरजु राणा देउवा १३ मंसिरमा बेइजिङ जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री देउवा चीनका परराष्ट्रमन्त्री वाङ यी को निमन्त्रणमा चीनको राजधानी बेईजीङ जान लाग्नु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर तेस्रो साता औपचारीक चीन भ्रमण कार्यक्रम तय भैसकेको र सोही भ्रमणको पुर्व तयारीका लागि मन्त्री राणा बेइजिङ जान लाग्नु भएको समेत बताइएको छ । मन्त्री देउवाले हिजो परराष्ट्र मन्त्रालयमा सचिव लगायत विभिन्न कर्मचारीलाई बोलाएर भ्रमण तयारीका लागि छलफल समेत गर्नुभएको थियो । त्यसअघि उहाँले गत सोमबार चिनियाँ राजदूत चेन सोङसँग मन्त्रालयमा छलफल गर्नुभएको थियो ।